(१) हातहतियार र खरखजाना राख्ने कुनै पनि व्यक्तिको इजाजतपत्रको अवधि समाप्त भएमा वा इजाजतपत्र बदर गरिएमा वा दफा ८ अन्तर्गत सूचना प्रकाशित भएबाट वा अरू कुनै तरिकाबाट त्यस्तो हातहतियार वा खरखजाना राख्न गैरकानुनी हुन आएमा त्यस्तो हातहतियार वा खरखजाना स्थानीय प्रहरी कार्यालयमा तुरुन्त बुझाई दिनुपर्छ र प्रहरी कार्यालयले पनि बुझी लिई प्रचलित कानुनबमोजिम कारवाई गर्नुपर्छ ।
(२) उपदफा (१) बमोजिम हातहतियार वा खरखजाना बुझाई दिए पछि सो बुझाउने व्यक्तिले यो ऐन अन्तर्गत बनेको नियममा तोकिएको अवधि समाप्त हुनु भन्दा अगावै पनि पुन देहायको हक प्राप्त गर्न सक्नेछः–
(क) त्यसरी बुझाएको हातहतियार वा खरखजाना आफूसाथ राख्न कानुनी हुन आएमा सो हातहतियार वा खरखजाना फिर्ता लिन पाउने,
(ख) त्यसरी बुझाएको हातहतियार वा खरखजाना कानुनी तवरबाट राख्न पाउने व्यक्तिलाई बिक्री गर्न, गराउन वा त्यस्तो बिक्रीबाट आएको मुनाफा आफूले लिन पाउने ।
तर जफत गरिएको कुनै हातहतियार वा खरखजाना यस उपदफाको कुनै कुराले फिर्ता लिन वा बिक्री गर्न अधिकार दिएको मानिने छैन ।
(३) तोकिएको अवधि भित्र उपदफा (२) बमोजिम फिर्ता नभई जम्मा भएको हातहतियार वा खरखजाना नेपाल सरकारको सम्पत्ति हुनेछ ।
(४) माथि उल्लेख गरिएको दफाहरूको सर्वसामान्यतयामा कुनै प्रतिकूल प्रभाव नपारी नेपाल सरकारले देहायको विषयमा नियम बनाउन सक्नेछ :–केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४ द्वारा झिकिएको ।
(क) इजाजतपत्रवालाले कस्तो अवस्था र परिस्थितिमा हातहतियार वा खरखजाना बुझाउनु पर्ने, र
(ख) कति अवधि समाप्त भएपछि उपदफा (३) अन्तर्गत हातहतियारवा खरखजाना जफत हुने ।